मनिषा कोइरालामाथि भारतीय संचारमाध्यमको आक्रोश
नेपालले आफ्नो नक्सामा लिपूलेक र काला पानी समेटर नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतले चिनको आडमा भनेर समाचार प्रकासित प्रसारित गर्दै आएको छ । यहि बीच भारतीय फिल्म जगतमा चर्चित नेपाली मनिषा कोइराला विरुद्ध भारतीय संचार माध्यम खनिएको देख्न सकिन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’
यहि विषयलाई लिएर भारतीय टेलिभिजन एबिपीले भारतको खाएर चिनको समर्थन गरेको उल्लेख गरेका छन् । उनलाई भारतले नै चिनाएको तर अहिले आएर नेपालको तरफदारी गरेको समेत भनेका छन् । संचारमाध्यमको साथ् साथै सामाजिक संजालमा समेत भारतीयले उनको विरोध गरिरहेका छन् ।
प्रतिक्रिया