पाताल लोक, कोरोना र सिमा विवादले नेपालीलाई एक बनाएको छ-एसराज गराच

नायक एस राज गराचले बिध्यमान सम्पूर्ण समस्या नेपालीलाई एक बनाइ राख्न भएको बताएका छन् । उनले कोरोना भाइरस, सिमा विवाद अन्तर्गत कालापानी र सगरमाथाको विषय साथ साथै पाताल लोक सम्पूर्ण विषयले नेपालीलाई एक हुन मद्धत गरेको बताएका छन् । सामाजिक संजालमा पोष्ट गर्दै उनले यो सबै समस्याबाट हामी एक भै जुटेर पार पाउने समेत अपेक्षा गरेका छन् ।

केही दिन यता चिनले सगरमाथा उनीहरुको भूभागमा पर्ने भन्दै समाचार प्रकाशित गरेको थियो । लामो समय देखि चल्दै आएको कालापानी विवादले भारतले सडक बनाएर उद्घाटन गरे संगै चर्चा पाएको थियो । यहि बीच एक सिरियल ‘पाताल लोक’ मा नेपालीलाई इंगित गर्दै अपशब्द प्रयोग गरिएको कुरा चर्चामा रहेको छ।  तरह तरहबाट छिमेकीले प्रहर गरिरहेको समयमा कोरोना भाइरसका कारण नेपालमा समेत २ व्यक्तिको मृत्यु भैसकेको छ । र यो सबबाट मुक्ति पाउन नेपाली एक भएको नायक गराचको ठम्याई छ ।

जे जति पनि भैराखेको छ, हामि सबैलाई एकजुट बनाई राख्नलाई भको हो । एक्जुट भैइ हामी सबै चिजहरु बाट चाडै पार पाउने छौ…

Gepostet von Suraj Garach-Sraaj am Sonntag, 17. Mai 2020