‘पाताल लोक’ मा प्रयोग भएको अपशब्द प्रति नेपाली अभिनेत्रीहरुको आपत्ति

भर्खरै मात्र अमेजन प्राइममा रिलिज भएको सिरिज ‘पाताल लोक’ मा नेपाली महिला प्रति प्रयोग भएको अपशब्द प्रति रेखा थापा लगायतका फिल्मकर्मीहरुले आपत्ति जनाएका छन् । अनुष्का शर्माको कम्पनिले निर्माण गरेको उक्त सिरिजको दोस्रो एपिसोडको ३ मिनेट ३३ औं सेकेन्डमा एक महिला पुलिसले एक युवतीमाथि कुटपिट गर्दै ‘धन्धा गर्छेस् ? नेपाली रण्*’ भनिएको छ ।

अभिनेत्री रेखा थापाले फेसबुक स्टाटस मार्फत नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई निच शब्द प्रयोग गरिएको भन्दै घोर आपत्ति जनाएकी छिन् । उनले यस्तो भाषा र हेपाह प्रवृत्तिले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको बताउदै निर्माण पक्षले तुरुन्तै माफि मागोस र रेकर्डबाट हटाइयोस भन्ने माग गरेकी छिन् ।

एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन…

Gepostet von Rekha Thapa am Sonntag, 17. Mai 2020

अभिनेत्री करिश्मा मानन्धर लेख्छीन् – “हरेक मुलुकका आमा, छोरी, बुहारी या कुनै पनि महिला जननी हुन्, के त्यो नेपाल आमा, अमेरिकी आमा, चाइनिज आमा या अन्य देशका आमा हुन्छ ? आमा सिर्फ आमा हुन्छिन्। कुनै महिलाको हैसियतलाई तल गिराउदा कुनै मुलुकको नाम जोडेर गालि गर्नुभन्दा पहिला तिनले आफ्नो हैसियत के हो भनेर आफैसंग प्रश्न गर्नुपर्ने !!”

त्यस्तै अभिनेत्री रिचा शर्माले सिरिजमा प्रयोग भएको अपशब्दले सम्पूर्ण नेपालीको मन दुखेको छ भन्दै निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नुपर्ने र त्यो शब्द सिरिजबाट हटाउनुपर्ने माग गरेकी छिन् । उनले नेपालकै कलाकार, मोडलहरुलाईनै त्यस्ता किसिमका शब्दहरु प्रयोग हुँदा त्यसको बिरोधमा नेपालीहरुको एकता नहुने बताएकी छिन् । उनले अपशब्द बोल्नेहरुलाई पाठ सिकाउनु पर्छ भनेर लेखेकी छिन् ।

अमेजन प्राइमको 'पाताल लोक' सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दु:खेको छ ।…

Gepostet von Reeccha Sharrma am Sonntag, 17. Mai 2020

अभिनेत्री सरिता लामिछानेले आफ्नो फेसबुकमा ‘स्वाभिमानी नेपालीहरुको अस्तित्व माथि प्रहार गरिएका यि र यस्ता कार्यहरु तत्काल बन्द गरी सम्बन्धित निकायले माफी मागोस…’ लेखेकी छिन् ।

स्वाभिमानी नेपालीहरुको अस्तित्व माथि प्रहार गरियका यि र यस्ता कार्यहरु तत्काल बन्द गरी सम्बन्धित निकायले माफी मागोस…

Gepostet von Sarita Lamichhane am Sonntag, 17. Mai 2020