‘पाताल लोक’ सिरियलमा नेपालीमाथि तुच्छ शब्द प्रयोग
बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको भारतीय सिरियल ‘पाताल लोक’ मा नेपालीलाई तुच्छ शब्द प्रयोग गरी गालि गरिएको छ । एक महिला कलाकारलाई गाली गर्नका लागि निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको छ ।
अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडमा उक्त शब्द प्रयोग गरिएको छ । ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रण्*’
यस विषयमा केही नेपाली फिल्मकर्मीले समेत आवाज उठाएका छन् ।
प्रतिक्रिया