हल खुल्ने समय कुर्दै ‘८३ र सूर्यवंशी’ निर्माता

लकडाउन चलिरहेको कारण भारतमा ओटिटी प्लेटफर्म अमेजन प्राइममा सात नयाँ फिल्म हलमा नलाग्दै रिलिज हुने घोषणा गरिएको छ । सानो र मध्यम बजेटको फिल्म मिडिया प्लेटफर्ममा जाने तयारी रहेको छ । तर हाइबजेट फिल्म बनाउने निर्माता भने अझै पनि लक्डाउन सकिने समय कुरीरहेका छन् । फ़िल्म८३ र सुर्यबंशी जस्ता ठुलो लगानीका फिल्म रिलायन्स इन्टरटेनमेन्ट अझै सम्म पनि फिल्म हलमा नै रिलिज गर्ने प्रतिक्षामा छन् । कम्पनिका सीइओ शिवाशिष सरकारले भारतीय संचार माध्यममा कुरा गर्दै उक्त विषयको जानकारी दिएका हुन् ।

फिल्महल खुल्ने सम्भावना एक बर्ष नरहेको स्थितिमा समेत उनी भने निराशावादी नभएको बताएका छन् । अन्य देशमा झैँ भारतमा समेत अगस्ट सेप्टेम्बर सम्ममा फिल्म हल खुल्ने उनले अपेक्षा गरेका छन् । साथै अब बन्ने फिल्म फिल्महलको साथसाथ ओटिटीका लागि समेत बन्ने उनको ठम्याई छ।