कौसी खेतीका लागि गमला तयार गर्दै ‘बान्द्रे’
कुनै समयका चर्चित हास्य कलाकार ‘बान्द्रे नारायण’ कृषि कर्मका लागि क्रिएटिभ काम गर्दै देखिएका छन् । हाल सालै सार्वजनिक उनको एक भिडियोमा उनले गमला बनाउदै गरेको देख्न सकिन्छ ।
लकडाउनको समयमा खानेकुरा कै अभाव सुरु भएको अवस्थामा उनले बनाएको पुरानो गाडीको टायर प्रयोग गरेको गमला कौसी खेतिको लागि उपर्युक्त देखिएको छ । धेरै बर्ष सम्म टिक्ने साथै खेर गएको सामानको उपयोग हुने भएकोले पनि यो तरिका सहि देखिएको हो । उक्त गमलामा फरक फरक २ प्रकृतिका तरकारी लगाउन समेत सकिने उनले बताएका छन् । सानो हुने तरकारीको साथ्मा लहरा जाने तरकारी एकै गमलामा राखेर रोप्न सकिने उनले बताएका छन् ।सहरमा कम जमिन हुदा गर्न सकिने कौसी खेतिको लागि यो उपर्युक्त देखिन्छ ।
प्रतिक्रिया