सामुहिक खानपानमा रविको आत्माआलोचना : अनि, कलाकार?


संचारकर्मी रवी लामिछानेले सामुहिक भोजनको विषयलाई लिएर आत्मा आलोचना गरेका छन् । उनले सामाजिक संजालमा पोष्ट गर्दै तथा भिडियो मार्फत गलत भएको बताएका छन् । केहि दिन अघि उनी तथा उनकी श्रीमती निकिता पौडेल, कलाकारहरु पूजा शर्मा, दीपक राज गिरी, दिपा श्री निरौला, किरण केसी लगायत भएर अर्का कलाकार अनुराग कुँवरको घरमा रमाइलो गर्दै खाना खाएको तस्विर तथा भिडियो सार्वजनिक भएको थियो । केही दिन अघिमात्रै उनको कार्यक्रम मार्फत घर मै बस्न आग्रह गरेका लामिछानेले आफु भने घर बाहिर बोलावट आएको भरमा भोजन ग्रहणका लागि पुगेका थिए । सामाजिक दुरी कायम नगरी भेटघाटमा गएको भन्दै उनले आत्माआलोचना गरेका हुन् ।
हेरौ उनको पोष्ट :

खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन।अत्यन्त सजग…

Gepostet von Rabi Lamichhane am Mittwoch, 13. Mai 2020

मेरो फिल्ममा प्रकासित समाचारका कारण कलाकारद्वय दीपकराज गिरी र पूजा शर्माले समेत सामाजिक संजाल मार्फत स्पस्टिकरण दिएका छन् । दम्भ भरिएको लाग्ने यी दुइका पोष्टमा राहतको समयको समाचार प्रकाशित नभएको भन्ने गुनासो देखिन्छ । यी दुवैले लेखेका लामालामा पोष्ट मार्फत रवी लामिछानेलाई बचाउन खोजिएको छ । ‘हाम्रो आग्रहमा केही समयको लागि भेटघाटमा जोडिएको’ उनीहरुले बताएका छन् । तर रवि स्वयम्ले नै आत्माआलोचना गरिरहदा कलाकारमा भने रति भर आत्मग्लानी देखिदैन ।
हेरौ दीपकराज गिरीको पोष्ट :

आज म लेख्दैछू …लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै…

Gepostet von Deepak Raj Giree am Mittwoch, 13. Mai 2020

सरकारले लकडाउन खुकुलो गरेको कारण भेटघाट गरेको, भन्ने उनीहरुले कुन सरकारी सुचनालाई आधार मानेर खुकुलिएको स्वीकार गर्दै भेट्न हतारिए उनीहरुलाई नै थाहा होला । उनीहरुले सामान्य खाजा, खाना खाएको भनिरहदा सामाजिक संजालमा भने ‘लालमोहन’ सामान्य नागरिकको भोजनमा नपर्ने भन्दै आलोचना समेत भएको छ ।
हेरौ पूजा शर्माको पोष्ट:

राहत बाड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुवँर ज्यु को घरमा म लगायत आदरणीय किरण के.सी दाइ, दिपक दाइ, दिपा…

Gepostet von Xantripto Pooja Sharma am Mittwoch, 13. Mai 2020