सीता, द्रौपदी र मेनकाबाटै फिल्मका कथा बनाउँछु – फिल्मकर्मी नवल नेपाल

फिल्मकर्मी नवल नेपाल लकडाउनको समय घर परिवारको साथ सुरक्षित बसिरहेका छन् । करिव २ महिनादेखि कोरोनाले जीवन अस्तव्यस्त बनाएको छ  । फिल्म निर्देशनको साथसाथ उनमा स्क्रिप्ट लेखनमा राम्रो दख्खल छ । यसरी हेर्दा उनको लागि यो स्थिति फाइदाजनक नै देख्न सकिन्छ । उनले यस समयको सदुपयोग गर्दै फिल्मको स्क्रिप्टमा काम गरेका छन्  ।

मेरो फिल्म  संग कुराकानी गर्दै उनले २ फिल्मको स्क्रिप्ट तयार गरेको बताएका छन् । सामान्यतया नारीप्रधान फिल्ममा काम गर्ने उनको लेखन शैलीको विषयमा समेत हामीले खोतल्ने प्रयास गरेका थियौ । अधिकांश समय महिलाको विषयमा केन्द्रित रहने उनले धार्मिक पात्र सीता, द्रौपदी, मेनका लगायतलाई आधार मानेर कथा निर्माण गरेका रहेछन् । सीताको अग्नि परिक्षा, पुरुष विलाशितामा द्रौपदीको चिर हरणबाट धेरै कथा बन्न सक्ने उनको ठम्याई रहेको  छ । यति हुँदा हुँदै पनि नारी शक्तिको विषय छुट्दैन र छुटाउन मन नलाग्ने उनी बताउछन् । कुराकानीको क्रममा पछिल्लो समय समेत उनले नारी चरित्र माथि नै फिल्मको कथा तयार गरेको उनले संकेत गरे ।