मानसिक स्वास्थ्यका लागि ध्यान : निर्देशक भट्टराई

फिल्म निर्देशक दिवाकर भट्टराईको लागि लकडाउन खासै दुखद देखिदैन । श्रीमतीसंग समय व्यतित गर्दै गरेका उनको जोडीको लागि छुट्टी झैँ भएको छ यो समय । कहिले योगा गर्दै देखिन्छन् यी जोडी, भने कहिले स्वस्थकर खानेकुरा खादै ।

नायीका दीपिका प्रसाई र भट्टराईको अनुहारमा अझ ‘चार्म’ थपिएको देख्न सकिन्छ । लकडाउन बीच नै परेको विवाहको पहिलो बार्षिकउत्सव उनीहरुले एक आपस मै रमाएर मनाए । भट्टराईले सामाजिक संजाल मार्फत शारिरीक साथ साथै मानसिक स्वास्थ्यमा ध्यान दिन योगा र ध्यान गर्नु पर्ने उल्लेख गरेका छन् । शरिर बनाउने होडबाजी सामाजिक संजालमा देखिदै गर्दा उनको ‘योगा’ बिधि केहि फरक लाग्छ ।