हाम्रो हार कोरोनाको जीत : अमिताभ बच्चन
भारतीय अभिनेता अमिताभ बच्चनको एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । जहाँ उनी कोरोना भाइरसबाट बच्न सफल व्यक्तिलाई मानसिक रुपमा समर्थन गर्न आग्रह गर्दै छन् । भिडियोमा ७७ बर्षीय अमिताभ कोरोनाले २ तरिकाबाट आक्रमण गर्ने बताउछन् । शारीरिक र मानसिक रुपमा कोरोनाले आक्रमण गर्ने उनको तर्क छ । उनले मानसिक आक्रमणको असर के हुन सक्छ भन्दै केहि विषय थपेका छन् ।
उनका अनुसार मानसिक आक्रमणले हामी भित्र एउटा शंका पैदा गर्छ । हामी त्यो व्यक्ति संग समेत डराउछौ जो अस्पतालबाट ठिक भएर घर फर्किएको छ । उक्त व्यक्ति जसलाई डाक्टरले खुसि खुसी बिदा दिएका छन्, उनीहरुलाई समाजमा समेत फूल बर्षाएर स्वागत गर्नु पर्छ । यदि हाम्रो हार भयो भने कोरोनाको जीत पक्का छ ।
महानायक @SrBachchan की कोरोना महामारी में बढ़ते मानसिक तनाव को लेकर देशवासियों से एक गुज़ारिश:
“कोरोना से होने वाले मानसिक हमले की लड़ाई हमें ही जीतनी होगी, क्योंकि अगर हम हार गए तो कोरोना जीत जायेगा,
अपनों को अपनाएं, सही सलामत घर लाएं”। @PrakashJavdekar pic.twitter.com/u3Ygh6uGau— #IndiaFightsCorona (@COVIDNewsByMIB) May 12, 2020
प्रतिक्रिया