‘रामायण’ छायांकन कठिनाइ : १४ किलोको लेहेंगा प्रयोग
आनन्द सागरले निर्माण गरेको र गुरमीत चौधरीको अभिनय रहेको ‘रामायण’ को पुनः प्रसारण दंगल टेलिभिजन मार्फत भइरहेको छ । छायांकनको समय ‘रामायण’ लाई भब्य बनाउन धेरै मेहेनत गरिएको थियो । सीताको स्वयम्बर आकर्षक र रियल बनाउन प्रत्येक दिन मुम्बईबाट फूलको टोकरी फ्लाइटमार्फत मगाईन्थ्यो । सिरियलका क्रिएटिभ हेड शाहाब शम्सीका अनुसार प्रत्येक दिन फ्लाइट मार्फत १५ देखि २० किलो सम्म फुल ल्याउने गरिन्थ्यो । यो प्रक्रिया एक हप्ता सम्म चलेको थियो । गर्मि सिजनमा गरिएको छायांकनका कारण समेत प्रत्येक दिन फ्रेस देखाउन फूल ल्याउने पर्थ्यो । स्वयम्बरमा प्रयोग गरिएको सम्पुर्ण फुल वास्तविक थिए ।
सीताको लेहेंगाको विषयमा समेत धेरै समस्या झेल्नु परेको थियो । उक्त लेहेंगा डिजाइनर निशा सागरले बनाएकी थिइन् । १४ किलोको उक्त लेहेंगा बनाउन प्रत्येक दिन १० देखि १५ कामदार प्रयोग गरिएको थियो । यति गर्दा समेत लेहेंगा तयार हुन एक हप्ता लागेको थियो ।
प्रतिक्रिया