इतिहास मै पहिलो पटक सर्यो ओस्कार अवार्ड

सन् १९२९ बाट शुरु भएको ओस्कार अवार्ड कार्यक्रम पहिलो पटक तोकीएको समयमा नहुने भएको छ । कोरोना भाइरसको कारण विश्वका धेरै देशमा लकडाउन चलिरहेको छ । फिल्म प्रदर्शन त ठप्प नै भएको छ । सोही कारण नोमिनेसनका लागि पर्याप्त इन्ट्री भएको छैन । २८ फेब्रुअरी २०२१ मा हुने ओस्कार समारोह अब मे, जुन सम्म नहुने भएको छ ।

सामान्यतया ओस्कारको लागि आवेदन मार्च या अप्रिलमा हुने गर्थ्यो । नोभेम्बर डिसेम्बरमा सर्ट लिस्ट तयार हुन्थो । जनवरीमा जुरीले भोट गर्थे । तर लकडाउनका कारण फिल्म नै रिलिज भएको छैन । पछिल्लो समय एकेडेमीले समेत परिवर्तित तालिका सार्वजनिक गरेको थियो । यस वर्ष रिलिज भएको फिल्म २०२२ सम्म नोमिनेसन गर्न सकिने बताइएको थियो ।

महामारीलाई ध्यानमा राख्दै केहि नियम बदलिएको छ । तर यो परिवर्तन स्थाई भने होइन । यस बर्ष प्रदर्शन हुने फिल्मका लागि मात्रै यो नियम लागु हुनेछ । नोमिनेसन क्याटागोरी घटाएर २३ बनाइएको छ ।