बोर्ड अध्यक्षका प्रवल दावेदार दयाराम दाहालले दिए आवेदन

विकास बोर्ड अध्यक्षको लागि सबै भन्दा बढी सम्भावना भएका भनिएका निर्देशक दयाराम दाहालले पनि आवेदन दिएका छन् ।

नेपाली फिल्म उद्योगमा धेरै लामो समय देखि कार्यरत निर्देशक दयाराम दाहाल पूर्व संचार मन्त्रि गोकुल बास्कोटाको नजिकको मान्छे मानिन्छन् । हाल मन्त्रि पदमा नरहे पनि बास्कोटा प्रधानमन्त्रि ओलीका निकट रहेका कारण दयाराम दाहाललाई अध्यक्ष पदका लागि सबैभन्दा बलियो दाबेदारको रुपमा लिईएको छ । त्यस्तै स्वर्गीय अध्यक्ष केशब भट्टराईले अघि सारेका नीति तथा योजनाहरुमा दाहालको प्रत्यक्ष सहभागिता रहेकोले पनि उनि यसपटक अध्यक्ष बन्ने सम्भावना बलियो छ । उनि विकास बोर्डका सदस्य पनि हुन् ।

यस पटक अध्यक्ष पदको लागि उमेदवारी माग गरिदा आवश्यक न्युनतम शैक्षिक योग्यता घटाएर प्रविणता प्रमाणपत्र बनाइएको थियो, उक्त प्रावधान दयाराम दाहाललाईनै लक्षित गरेर बनाइएको हो कि भन्ने चर्चा फिल्म उद्योगमा चलिरहेको छ ।