अमेरिकामा रहेका नेपाली निर्देशकहरु द्वारा प्राबिधिक संघलाई आर्थिक सहयोग
हाल अमेरिकामा रहेका नेपाली फिल्म निर्देशकहरुले केहि रकम जम्मा गरेर प्राबिधिक संघलाई सहयोग गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजको संयोजकत्वमा दैनिक मजदुरी गर्ने प्राबिधिकहरुको सहयोगको लागि उक्त रकम प्रदान गरिएको हो ।
सहयोग स्वरुप नारायण पुरीले १०० डलर, दिनेश कार्कीले ६० डलर, गोपाल चन्द्र लामिछानेले ५३ डलर, अक्की शर्माले ५१ डलर, किशोर सुब्बाले ५० डलर र सुमन दाहालले ५० डलर प्रदान गरेका छन् । कुल ४३ हजार ७ सय ५४ रुपैंयाँ ९८ पैसा निर्देशक समाजका महासचिब जनक दीप पराजुलीले प्राबिधिक संघ अध्यक्ष पुस्कर लामालाई हस्तान्तरण गरेका हुन् । सहयोगको लागि निर्देशक समाजका महासचिब पराजुलीले पहल गरेका थिए ।
प्रतिक्रिया