‘सन्तानको खुसि पहिला’ सनी लियोनी


कोरोना भाइरसको महामारीकै बीच भारतीय अभिनेत्री सनी लियोनी आफ्ना पति डेनियल र ३ सन्तानको साथ लस एन्जल गएकी छन् । उनका अनुसार कोरोनाबाट सुरक्षित हुन परिवार सहित उनी त्यहाँ गएकी हुन् । उनले सामाजिक संजालमा तस्विर सेयर गरेकी छन् । उनी सन्तानका साथ बगैचामा रमाएकी छन् । तस्विर सार्वजनिक गर्दै उनले ‘मदर्स डे’ को शुभकामना दिएकी छन्।

उनले सम्पूर्ण आमामा शुभकामना भन्दै सन्तानको सुख नै पहिलो प्राथमिकता भएको बताएकी छन् । यसै कारण सुरक्षित रहन सन्तान लिएर एन्जल आएको बताएकी छन् । साथै उनले आमाको याद आएको समेत बताएकी छन् । डेनियलले समेत क्वारेन्टाइन पार्ट २ भन्दै तस्विर सेयर गरेका छन् ।

 

View this post on Instagram

 

Getting better with the new vibes !!!

A post shared by Daniel “Dirrty” Weber (@dirrty99) on