अर्जुन कुमारले दिए अध्यक्ष पदको लागि आवेदन

संगीतकर्मी तथा फिल्म निर्माता अर्जुन कुमारले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन दिएका छन् ।

२०४६ देखिनै एमालेमा लागेका अर्जुन कुमारले लामो समय एमालेको जन सांस्कृतिक महासंघमा काम गरेका थिए ।   पुरानाहरु सबै ‘टेस्टेड’ भएको भन्दै बोर्डमा अब नयाँ मान्छेको आबश्यकता रहेको बताउदै आएका छन् । उनले बोर्डमा फिल्म उद्योग बुझेको मान्छे चाहिने भन्दै खुल्ला प्रतिष्पर्धामा कोहि पनि आफु जति सक्षम नरहेको बताएका छन् । अध्यक्ष पदको लागि अभिनेता सोहित मानन्धर र कलाकार भीमा मैनालीले पनि आवेदन दिईसकेका छन् ।

फिल्म उद्योगमा लामो समय काम गरेका अर्जुन कुमारका थुप्रै गीतहरु चर्चित छन् । फिल्ममा भने उनले पहिलो पटक ‘द युग देखि युग सम्म’ मा संगीत दिएका थिए । ‘चपली हाइट’ बाट फिल्म निर्माण शुरु गरेका उनले ‘चपली हाइट -२’, ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ र ‘चपली हाइट -३’ निर्माण गरेका छन् ।