“सीमा विवादको समाधान संयम बनेर गरौ” – सिताराम कट्टेल

भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेपछि यसको चौतर्फी विरोध भईरहेको छ । हालै अभिनेता तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) यस बिषयमा बोल्दै नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनेका छन् ।

त्यस्तै उनले पटक–पटक हुने सीमा विवादले सामाजिक अस्थिरता, तथा राजनैतिक विचलनसमेत हुन सक्ने हुँदा यसको दीर्घकालिन समाधानका लागि आवेगमा नआइ संयम बनेर अगाडि बढ्न आग्रह गरेका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटस –

विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको छ। तसर्थ स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौँ । साथै नेपालले पनि अन्तर्राष्ट्रिय कानुन अनुरुप कूटनैतिक ढंगबाट सीमा विवाद सुल्झाउन पहल गरोस् भन्ने चाहन्छौँ । हामीलाई सीमा मिचेर ठूलो भुभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिएको हो । जननी जन्म्भूमिस्च स्वर्गादपी । हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो छ । त्यसैले, पटक–पटक हुने सीमा विवादले सामाजिक अस्थिरता, तथा राजनैतिक विचलनसमेत हुन सक्ने हुँदा यसको दीर्घकालिन समाधानका लागि आवेगमा आएर हैन संयम बनेर अगाडि बढ्न सम्बन्धित सबैसँग अपिल गर्दछौँ ।

विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चिनको…

Gepostet von Sitaram Kattel am Sonntag, 10. Mai 2020

केहि दिन अघि भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरिरहेको खबर बाहिरिएको थियो ।