न्युजील्याण्डमा कोरोना प्रभाव घट्दै, ‘अवतार’ को सिक्वेलको काम सुचारु हुने सम्भावना
न्युजील्याण्डमा कोरोना भाइरसको प्रभाव बिस्तारै कम हुदैछ । मे ९ पहिलो दिन बनेको छ जुन दिन कोरोना संक्रमणको कोहि बिरामी भेटिएका छैनन् ।
डेडलाइन का अनुसार केहि टिभी र फिल्मको कामहरु न्युजील्याण्ड फिल्म कमिसनले तोकेका सुरक्षाका उपायहरु अपनाएर शुरु भइसकेका छन् । र यो संगै कोरोना महामारीको कारण रोकिएको जेम्स क्यामरुनको ‘अवतार – २’ र ‘अवतार -३’ को काम पनि छिट्टै शुरु हुने अनुमान गरिएको छ । यसका साथै अमेजनको सिरिज ‘लर्ड अफ द रिङ्ग्स’ को पनि काम सुचारु हुन सक्ने बताइएको छ ।
जेम्स क्यामरुनले ‘अवतार’ को ४ सिक्वेल घोषणा गरेका थिए । मध्य मार्चमा कोरोनाको कारण छायांकन रोकिनु अघि उनि ती मध्य पहिलो दुई सिक्वेलको काम गरिरहेका थिए । फिल्मको स्पेसल इफेक्टको काम भने क्यालीफोर्नियामा चलिरहेकै थियो । फिल्मको चार सिक्वेलहरुको प्रदर्शन मिति क्रसश: डिसेम्बर १७ (२०२१), डिसेम्बर २२ (२०२३), डिसेम्बर १९ (२०२५) र डिसेम्बर १७ (२०२७) रहेको छ ।
फिल्मको पहिलो दुई सिक्वेलको मोसन क्याप्चरको काम सकीसकिएको छ । डेडलाइन का अनुसार फिल्मको युनिटको कोहि पनि अहिले न्युजील्याण्ड फर्कीसकेका भने छैनन् ।
वेस्ट अकल्याण्डमा छायांकन भईरहेको ठुलो बजेटको सिरिज ‘लर्ड अफ द रिङ्ग्स’ को छायांकन पनि मार्चमा बन्द भएको थियो । यस सिरिजको पहिलो दुई भागको छायांकन चलिरहँदा महामारीको कारण अचानक रोकिएका थिए । जे. ए. बायोना निर्देशित यो सिरिजको छायांकन पनि पुन: सुचारु हुने सम्भावना रहेको छ ।
मे ९ सम्मको आँकडा हेर्दा न्युजील्याण्डमा करिब १५०० कोरोना संक्रमित रहेको देखिन्छ, त्यसमध्ये अहिले सम्म २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया