इब्राहिमको बलिउड डेब्युको विषयमा बोलिन् सारा
सैफ अलि खान र अमृताका छोरा इब्राहिम खान अहिले टिकटकको कारण चर्चामा रहेका छन् । थोरै समयमा उनको सामाजिक संजालमा लोभलाग्दो संख्यामा फलोअर्स बढेका छन् । यो सब हेर्दा लाग्छ उनी छिट्टै नै बलिउड डेब्यु गर्नेवाला छन् । उनको बलिउड डेब्युको विषयमा उनकी दिदी सारा अलि खानले एक अन्तर्वार्तामा केही बताएकी छिन् ।
साराले एक अन्तर्वार्ताको क्रममा इब्राहिम अहिले सम्म कलेज पनि नगएको कारण अभिनय त टाढाको विषय भएको बताएकी छिन् । उनले भनिन् – “उसलाई अभिनयमा रुची छ र भित्र एक किसिमको चाह पनि छ । तर उसलाई अभिनय नै गर्नु छ भने लस एन्जल्समा गएर पढाइ गर्न जरुरी छ । यस क्षेत्रमा धेरै मेहेनत र पुर्व तयारी गर्नुपर्ने हुन्छ । अहिले त सबै सपना नै हो । उक्त सपना पुरा गर्न धेरै मेहेनत गर्नु पर्ने हुन्छ ।”
सैफले समेत यस विषयमा बोलेका छन् । उनले भनेका छन् – “मलाइ थाहा छैन उ यो क्षेत्रमा आउँछ आउदैन । तर यदि आउने हो भने उसको लागि यो क्षेत्र राम्रो रहेको छ । उसलाई कुनै नोकरी गर्नु भन्दा फिल्म क्षेत्रनै फलदाई हुन सक्छ ।”
प्रतिक्रिया