आयुष्मानले पहिलो कमाइले आमाको लागि घडी किनेका थिए

‘मदर्स डे’ को अवसरमा भारतीय संचार माध्यमसंग भारतिय अभिनेता आयुष्मान खुरानाकी आमा पूनमले कुराकानी गरेकी छन् । उनले कुराकानीमा आयुष्मानको बारेमा धेरै कुरा बताएकी छिन् । के बन्छौ भन्ने  हजुरआमाको प्रस्नको जवाफमा आयुषले ३ बर्षको उमेरमानै कलाकार बन्ने बताएका थिए । यस कुरा सुनेर उनका बाबुले रिसाएर थप्पड समेत हानेका थिए रे ! ८ बर्षको उमेरमा नै उनले अंग्रेजी नाटकमा काम गर्न शुरु गरे । सेक्सपियरको ‘मर्चेन्ट अफ भेनिस’ नाटकमा अभिनय गर्दै उनले आफ्नो कलायात्रा शुरु गरे । तर उनको रुची विपरित उनका बाबु उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसै कारण उच्च शिक्षामा उनले विज्ञान विषय रोज्नु पर्यो ।

तर १२ कक्षा सकिएसंगै उनले मेडिकलको लागि ३ बर्ष पढ्नु पर्ने भयो । उक्त समय उनले हिम्मत गरेर बाबुलाई डाक्टर नबन्ने भने । बाबुको भरोसा जितेपछि उनले मेडिकलको पढाइ त्यहि अन्त्य गरे । उनले पहिलो कमाइले आमाको लागि घडी किनेको पनि उनकी आमाले बताइन् ।