‘लाइफ इन अ मेट्रो’ को सिक्वेललाई लिएर उत्साहित थिए इरफान
सन् २००७ को फिल्म ‘लाइफ इन अ मेट्रो’ इरफानको सम्झिन लायक फिल्महरु मध्ये एक हो । फिल्मका निर्देशक अनुराग बसुका अनुसार इरफान खान उक्त फिल्मको सिक्वेललाई लिएर उत्साहित थिए । बसुले एक अन्तर्वार्ताको क्रममा सिक्वेलको आइडिया पनि इरफान आफैले निकालेको बताए । उनले अन्तर्वार्तामा इरफान संगको आफ्नो गहिरो सम्बन्ध र सहकार्य सम्झिएका थिए । गएको अप्रिल २९ मा इरफान खानको निधन भएको थियो ।
मुम्बई मिरर संगको कुराकानीमा बसुले भने – ‘मैले इरफानलाई ‘जग्गा जासुस’ मा रणबिर कपुरको पिताको भूमिका पनि अफर गरेको थिएँ । त्यतिबेला उनि अर्कै फिल्ममा ब्यस्त रहेकोले काम गर्न सकेनन् । तर उनले भनेका थिए -“मेट्रो को सिक्वेल बनाऔँ” ।
बसुले आफुले ‘मेट्रो -२’ इरफान संग नै बनाउने योजना बनाएको सम्झिए । अब यो फिल्म बन्छ कि बन्दैन भन्ने प्रश्नको उत्तरमा उनले भने – ‘मलाई थाहा छैन … साँच्चैनै थाहा छैन” ।
प्रतिक्रिया