८ वर्षकै उमेरमा आलियाले भनेकी थिईन् – ‘म अभिनेत्री बन्छु’
बलिउडमा पहिचान बनाउनु भन्दा धेरै अघि आलिया भट्ट आफ्नी आमा सोनी राजदान र बुबा महेश भट्ट तथा दिदि शाहिनसंग एक कार्यक्रममा सहभागी भएकी थिइन् । ‘जिना इसीका नाम हे’ नामको उक्त कार्यक्रम अभिनेता सुरेश ओवरोयले संचालन गरिरहेका थिए । कार्यक्रममा सुरेशले आलियालाई भबिष्यमा के बन्ने भन्ने प्रश्न गरेका थिए र अलियाले ‘म अभिनेत्री बन्छु’ भन्ने जवाफ दिएकी थिईन् । त्यतिबेला आलिया ८ वर्षकी मात्र थिईन् । हालै उक्त कार्यक्रमको भिडियो आलियाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । उक्त कार्यक्रममा शाहिनले भने आफु लेखक बन्ने बताएकी थिईन् ।
आलियाकी आमा सोनी राजदान एक अभिनेत्री हुन् भने महेश भट्ट बलिउडका प्रसिद्ध फिल्मकर्मी हुन् । कार्यक्रममा महेश भट्टकी छोरी अभिनेत्री पुजा भट्ट पनि थिईन् । पूजा महेशकी पहिली पत्नी तर्फकी छोरी हुन् ।
उक्त भिडियोमा आफ्नो मदिराको लतको बारेमा कुरा गर्दै महेश भट्टले आफुले छोरी शाहिनको जन्मपछि पूर्णरुपमा मदिरा त्यागेको बताएका छन् । उनले भनेका छन् – ‘शाहिन जन्मिएपछि मैले उसलाई काखमा लिए तर रक्सिको गन्धले गर्दा उसले आफ्नो टाउको अन्तै फर्काएकी थिई, मैले त्यो तिरस्कार साहना सकिन र रक्सि छोड्ने निर्णय गरें” ।
आलियाले कारण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द ईयर’ मार्फत बलिउडमा डेब्यु गरेकी थिईन् । त्यसपछि उनले ‘हाइवे’, ‘बद्रिनाथ कि दुल्हनिया’, ‘डियर जिन्दगी’, ‘राजि’ लगायतका सफल फिल्महरुमा आफ्नो अभिनय कौशल देखाएकी छिन् । अब आलिया महेश भट्टको सफल फिल्म ‘सडक’ को सिक्वेल ‘सडक -२’ मा देखिदैछिन् । यस फिल्मबाट पूजा भट्ट पनि कमब्याक गर्दैछिन् भने फिल्ममा संजय दत्त र आदित्य रोय कपुरको पनि अभिनय रहनेछ ।
प्रतिक्रिया