हजाम बनेका प्रकाशको ‘बा र दशैं’ कविता


गायक प्रकास सपुत पछिल्लो समय ‘परदेशी २’ मार्फत फिल्मको कलाकार बनेका छन् । उनको निर्देशन त उनको भिडियोमा दर्शकले देखिसकेका छन् । लकडाउनले उनलाई हजाम सम्म बनाएको छ । उनले आफ्नै बाबुको कपाल काट्दै गरेको तस्विर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । उनका बाबुले लामो समय सम्म खाडी मुलुकमा काम गरेका थिए । कपाल काट्दै गफ गर्दै गर्दा उनका बाबुले अनुभव सुनाएछन् । बाबुले कपाल बाहिर काटेर खर्च हुने पैसाले बालबच्चाको कापीकलम किन्न पुग्छ भनेर जोगाउन साथिलाई काट्न लगाउँथे । भन्दै गर्दा प्रकाशको मन छोएछ । यसै विषयलाई लिएर उनले एक कविता कोरेका छन् । हेरौ उनको कविता :

“ बा र दशै “
हरेक ३/४ सालमा एकपटक
आउथे एक ज़ोड गहिरो आखा
र चुपचाप प्रश्न गर्थे मलाई
छोरा,
कहिले हुन्छन ठुलो ?
कहिले बाड्छस दु:ख ?
कहिले सक्छस साउको सावा ?
कहिले ठोक्काउछस म संग गिलास
र बन्छस बाउको साथी ?
उत्तरमा अर्का एक जोड़ निर्दोष आखाहरु
प्रश्नै फर्काउथे ।
बा,
कति पोल्दो हो अरबको घामले ?
कति पोल्दो हो हाम्रो यादले ?
कति पोल्दो हो साउको सावाले ?
कति पोल्दो हो आफ्नै अधुरा रहर
र कहिल्यै नसकिने दुखले ?
३/४ सालमा एकपटक
आउथ्यो , एउटा खदिलो ज्यानको गम्भिर अनुहार
र बनाउथ्यो घरै उजेलो
थपिन्थ्यो, आमाको सिन्दुर टिका र पोतेमा नया चमक ।
भिजाउथ्यो, भाईहरुको मुख गुलियो थुकले ।
सजिन्थ्यो , सबैको हरमा एक एक ज़ोर नया लुगा ।
पाक्थ्यो , अगेनामा बडो प्यारले पालेको रातों भाले ।
बस्थ्यो , पुरानो बाक्सामा केहि हज़ार नया नोटहरु ।
त्यो दिन,
दिन दशै हुदैनथ्यो
मन दशै हुन्थ्यो ।
किनकि
बा आएको साल
आएकै दिन दशै आउथ्यो
बा नआएको साल
दशैको दिन पनि दशै आउदैनथ्यो ।
प्रकाश सपुत
२६ बैशाख २०७७

(आज मैले बाबाको कपाल काट्दै थिए , बाबाले भन्नु भो – “थाछ बाबु साउदी छदा मैले संगै काम गर्ने पुर्वेली भाईलाई कपाल…

Gepostet von Prakash Saput am Freitag, 8. Mai 2020