ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकिन’ उच्च प्रविधिको भीएफएक्स बाट पुरा गरिने
पुरा छायांकन नभएको ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकिन’ को बाँकी काम बिशेष किसिमको भिज्युयल इफेक्ट प्रयोग गरेर सम्पन्न गरिने भएको छ । फिल्मको केहि प्रतिशत छायांकन बाँकी रहंदानै अघिल्लो हप्ता अभिनेता ऋषि कपुरको निधन भएको थियो । केहिदिन अघि यस फिल्मका निर्माताहरुले जसरि भए पनि ऋषि कपुरको यो अन्तिम फिल्मलाई तयार गरेर रिलिज गरिने प्रतिबद्धता जनाएका थिए ।
फिल्मका निर्माता हनी त्रेहानले मिड-डे संग कुरा गर्दै निर्देशक हितेश भाटिया र उनको टिमको लागि फिल्म पुरा गर्नको लागि ठुलो चुनौती रहेको बताए । उनले भने – “हामीले गुणस्तरमा ह्रास नआउने गरि फिल्म पुरा गर्नको लागि उच्च किसिमको प्रविधि प्रयोग गर्नेछौं जुन भीएफएक्स र बिशेष प्रविधिको मिश्रण हुनेछ । हामीले केहि भीएफएक्स गर्ने कम्पनिहरु संग कुराकानी गरिरहेका छौ” ।
जुही चावलाको पनि मुख्य भूमिका रहेको फिल्मको प्रोडक्सन गएको डिसेम्बरबाट शुरु भएको थियो र फिल्मको ४ दिन को छायांकन मात्र बाँकी रहेको थियो । त्रेहानले भने – “फिल्मको धेरैजसो छायांकन जनवरी महिनामा दिल्लीमा गर्यौ । केवल ४ दिनको छायांकन मात्र बाँकी रहेको छ” । उनले आफुहरुले यो फिल्म ऋषि कपुरको परिवार र प्रसंशकहरुको लागि भए पनि हलमा चलाउने बताए । साथै फिल्ममा अर्थिक लगानी तथा भावनात्मक आड दिएकोमा रितेश सिद्धवानी र फरहान अख्तरलाई धन्यवाद पनि दिए ।
प्रतिक्रिया