सलमानको ‘राधे’ डिजिटल माध्यमबाट रिलीज हुने चर्चाप्रति हल संचालकहरुको आपत्ति

लकडाउनका कारण पर्ने दिर्घ कालिन प्रभाबलाई मध्यनजर गर्दै सलमान खानको फिल्म ‘राधे: योर मस्ट वान्टेड भाई’ डिजिटल माध्यममा रिलिज हुने चर्चा चलिरहेको छ । यो चर्चासंगै फिल्म हल संचालकहरुले यसप्रति आपत्ति जनाएका छन् । उनीहरुले फिल्म पहिले हलमा रिलिज गरेर त्यसको ८ हप्ता पछि मात्र डिजिटल प्लेटफर्ममा राख्न सकिने बताएका छन् ।

हालै सलमानका म्यानेजर जोर्डी पटेलले आफुहरु फिल्म तयार भएपछी ओटीटी प्लेटफर्ममा रिलिज गर्न तयार रहेको तर त्यसको लागि परिस्थितिको लेखाजोखा गरेर मात्र निर्णय लिइने बताएका थिए ।

मल्टीप्लेक्स एसोसिएशन अफ इंडिया (एमएआई) का अधिकारीहरुले यस बिषयमा सलमानसंग कुराकानी गरिने बताएका छन् । यदि सलमानको फिल्म डिजिटल प्लेटफर्म मार्फत रिलिज गरिएमा फिल्मको कुनै महत्व नहुने र आगामी समयमा उनको फिल्म हलमा चलाउँदा मुस्किल हुने बताइएको छ । त्यस्तै एमएआई का अनुसार यस फिल्मलाई कुनै पनि ओटीटी प्लेटफर्मले २५०-३०० करोडको अफर दिन सक्नेछैनन् ।

डिस्ट्रीब्यूटर तथा ट्रेड एनालिस्ट अक्षय राठीले मल्टीप्लेक्सहरुको मुद्दामा सहमति जनाउदै सलमानको स्टारडमको सिधा सम्बन्ध फिल्म हल संग रहेको बताएका छन् ।

ब्यापार बिज्ञ, वितरक तथा हल संचालक राज बंसल भन्छन् – “इटाली, स्पेन, हंगकंगमा मानिसहरु अब रेस्टुरेन्ट पनि जान थालेका छन् । बजार पनि जान थालेका छन् र मलहरु पनि खुल्न शुरु भएको छ । बिस्तारै डर हराउदै छ । सेप्टेम्बर सम्म हामी कोरोनाबाट मुक्त हुने साथै डरको माहोलको पनि अन्त्य हुने निश्चित नै छ र दिपावलीबाट फिल्महरु रिलिज हुन शुरु हुनेछन् । त्यतिबेला सम्म कम्तिमा पनि ठुलो बजेट र ठुला स्टारहरुको फिल्मले कुर्नुपर्छ” ।

प्रभु देवाले निर्देशन गरेको ‘राधे: योर मस्ट वान्टेड भाई’ मा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा छन् ।