‘सोनु के टिटु की स्विटी’ र ‘दे दे प्यार दे’ को सिक्वेल बन्ने

सन् २०१८ मा प्रदर्शनमा आएको लव रन्जनको फिल्म ‘सोनु के टिटु की स्विटी’ र २०१९ को फिल्म ‘दे दे प्यार दे’ को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा सफल दुवै फिल्मको सिक्वेल बन्ने बिषयमा निर्माता भुषण कुमारले आधिकारिक जानकारी दिएका छन् ।

भुषण कुमारले ‘सोनू की टीटू की स्वीटी’ को सिक्वेल बन्ने निश्चित रहेको बताएका हुन् । लव रंजन निर्देशित ‘सोनू की टीटू की स्वीटी’ मा कार्तिक आर्यन, सानी सिंह र सुसरत भरुचाको मुख्य भूमिका रहेको थियो ।

त्यसैगरि अजय देवगन र रकुल प्रित सिंह अभिनित ‘दे दे प्यार दे’ को क्लाइमेक्सको दृश्यले यसको सिक्वेल आउने संकेत गरेको थियो । भुषण कुमारले आफ्नो र लव रंजनको दिमागमा यो फिल्मको सिक्वेल रहेको बताएका छन् । अकिव अलि निर्देशित ‘दे दे प्यार दे’ मा ५० वर्षीय ब्यपारि र २६ वर्षीय एक युवतीको प्रेम कथा रहेको थियो । फिल्म अघिल्लो वर्ष प्रदर्शन भएको थियो ।

भुषण कुमारले आफुहरुले यो समयमा दक्षिण भारतीय फिल्महरुको एउटा सुची तयार गरेको र स्थिति सामान्य भए पछि ति फिल्महरुको रिमेकको अधिकार किन्ने पनि बताएका छन् ।