‘रामायण’ सम्बन्धि ट्रोलको विषयमा बोलिन् सोनाक्षी

‘रामायण’ को ज्ञानलाई लिएर अभिनेत्री सोनाक्षी सिन्हा लामो समयबाट ट्रोलको शिकार भइरहेकी छिन् । पछिल्लो वर्ष ‘कौन बनेगा करोडपति’ शोमा सोधिएको प्रस्नको जवाफ दिन नसकेको कारण उनको मजाक बनाइएको थियो । अमिताभ बच्चनले हनुमानले ल्याएको संजीवनी बुटी कसको लागि थियो भनेर सोध्दा उनले जवाफ दिन सकेकी थिएनन् ।

‘आर्ट अफ लिभिंग’ का फाउण्डर श्री श्री रवी शंकरसंगको अनलाइन कुराकानीमा उनले ट्रोलको विषयमा कुरा गरेकी छन् । उनले भनिन् – “रामायण सुन्दै देख्दै हुर्किएको भए पनि जवाफ दिन नसक्नु थोरै लाज लाग्ने त थियो । तर जब लाइभमा थिएँ मलाई गारो भयो । मेरो दिमाग खाली भयो तर मलाई दु:ख यहाँ लागेको छ की यतिका समय बित्दा समेत यहि विषयमा मेरो मजाक बनाइदै छ” ।

सोनाक्षीको घरको नाम नै रामायण हुँदा हुँदै पनि यति जानकारी थाहा नभएको भन्दै अमिताभले समेत उनलाई जिस्काएका थिए ।