ऋषि कपुरलाई याद गर्दै छोरी रिदिमा

ऋषि कपुरको निधन भएको एक हप्ता भएको छ । परिवारका सदस्यहरु अझै उनको यादमा डुबिरहेका छन् । ऋषि कपुरकी छोरी रिदिमा कपुर पनि बुबालाई याद गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा ऋषि कपुरसंगको पुरानो फोटो पोष्ट गर्दै बुबालाई याद गरेकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा रिदिमाले १० वर्ष पुरानो फोटो शेयर गर्दै ‘२०१० न्यु इयरको मिठो याद । समारा (रिदिमाकी छोरी) को जन्म भन्दा ठिक पहिले’ लेखेकी छिन् । फोटोमा ऋषि कपुर, नितु कपुर, रिदिमा र उनका पति भरत साहनी देखिएका छन् । भरतले पनि आफ्नो इन्स्टाग्राममा सोहि फोटो पोष्ट गरेका छन् ।

क्यान्सरको कारण अप्रिल ३० मा ६७ वर्षको उमेरमा ऋषि कपुरको निधन भएको थियो । त्यतिबेला रिदिमा दिल्लीमा थिईन् । गाडीमा मुम्बई आउनु पर्ने भएपछी उनि अन्तिम संस्कारमा सहभागी हुन सकिनन् । उनले भिडियो कल मार्फत अन्तिम संस्कार हेरेकी थिईन् ।