विजयले कम गरे २५ प्रतिशत पारिश्रमिक

तामिल एक्टर विजय एन्टोनीले लकडाउनका आरन साउथ फिल्म जगतमा भएको घाटालाई ध्यानमा राख्दै एक फैसला गरेका छन् । उनले आफ्ना ३ प्रोजेक्टका लागि आफ्नो पारिश्रमिकबाट एक करोड रुपैया कम गर्ने निर्णय गरेका छन् । उनले अहिले ३ फिल्म तमिझरासन, अग्नि सिरागुगल र खाकीका लागि एक एक करोड गरेर घटाउने निर्णय गरेका हुन् ।

उनले कोरोना भाइरसको कारण सिर्जित लकडाउनले गर्दा मार्च २०२० बाट फिल्म क्षेत्रमा प्रभाव परेको भन्दै फिल्म छायांकन र प्रदर्शन समेत समयमा हुन नसक्ने बताएका छन् । यसबाट निर्मातालाई घाटा भएको भन्दै उनले आफ्नो पारिश्रमिकको २५ प्रतिशत हिस्सा नलिने निर्णय गरेका हुन् ।