सृष्टीको लकडाउन कवितामा सौगात ‘टम’

लकडाउनको बेला नेपाली फिल्मकर्मीहरु परिवारसँग समय बिताइरहेका छ । लामो समय देखि प्रेम सम्बन्धमा रहेका सृष्टी श्रेष्ठ र सौगात मल्लले पनि यतिबेला धेरै समय संगै बिताउने मौका पाएका छन् । उनीहरुले रमाइलो गर्दै समय व्यतित गरिरहेका छन् । हालै सृष्टीले आफ्नो इन्स्टाग्राम सौगात सँगको एक फोटो पोष्ट गर्दै एउटा कविता पनि लेखेकी छिन् । फोटोमा उनि सौगातको अँगालोमा छिन् ।

कवितामा सृष्टीले आफुलाई जेरी र सौगातलाई टम भनेकी छिन् । उनले जीवनलाई खुसियालीपूर्ण बनाऔ भन्दै लकडाउन पछी पुरी र जेरी खाने कुरा गरेकी छिन्  । उनीहरु सानो सानो विषयमा रमाउदै आफ्नो समयको भरपुर उपयोग गर्दै आएका छन्  । हेरौ सृष्टीको पोष्ट :