३९औ पुण्य तिथिमा आमा नरगिसलाई सम्झिदै संजय दत्त

भारतीय अभिनेता संजय दत्तले आफ्नी आमा तथा पुर्व अभिनेत्री नरगिस लाई सम्झिएका छन् । नरगिसको ३९ औ पुण्य तिथिको अवसरमा आइतबार, ३ मेमा आमालाई सम्झिदै सामाजिक संजालमा संजयले एक पोष्ट गरे । उनले उक्त पोष्टमा आमालाई हर दिन याद गर्ने बताएका छन् ।

उनले लेखेका छन्,’३९ बर्ष भएछ तपाइँले हामीलाई छोडेर गएको । तर मलाई थाहा छ तपाई सधै हामी संगै हुनुहुन्छ । आज अनि सधै भरी तपाई मसंगै भैदिए हुने ! तपाइँको धेरै माया र साथ धेरै याद गर्छु ।‘ पोष्टमा संजयकी छोरीले ‘धेरै माया बाबु’ लेखेकी छिन् ।