धुर्मुस-सुन्तली फाउन्डेसनको संयोजनमा नि:शुल्क भोजन

धुर्मुस-सुन्तली फाउन्डेसनको संयोजनमा नि:शुल्क भोजन कार्यक्रम सुरु हुने भएको छ । कोरोना भाइरसको कारण देशमा सुरु भएको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरुमा समस्या सिर्जना र उनीहरुलाई खाना खान समेत समस्या भएको  स्थितमा फाउन्डेसन र एक सहकारी संस्थाको सहकार्यमा बैशाख २३ बाट खाना खुवाउने काम शुरु गर्ने भएको छ ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. को सहकार्यमा ललितपुर महानगरपालिका १४ थसिखेल (प्रतिभा सहकारी भवन अगाडि) बिहान र बेलुका खानाको व्यवस्था गरिनेछ । बिहान ९ बजे बाट ११ बजे सम्म र साँझ ५ बजे बाट ७ बजे सम्म खाना खुवाउने व्यवस्था गरिएको सामाजिक संजाल मार्फत जानकारी दिएको छ । फाउन्डेसनले यस अघि समेत राहत वितरण, घर फर्काउने काम तथा आबश्यक व्यक्तिलाई खाना खुवाउदै आएको थियो ।