दिनेश डिसीकी छोरीको अनलाइन इन्गेजमेन्ट

बैसाख र जेठ महिनामा धेरैनै बिहेको लगनहरु पर्ने गर्दछ तर लकडाउनको कारण यतिबेला अन्य समय जस्तो रमाइलो संग बिहे गर्ने वातावरण छैन । यहि कठिनाइका बीच निर्देशक तथा संचारकर्मी दिनेश डिसीकी हाल अस्ट्रेलियामा रहेकी छोरी शवा डिसीले आफ्नो प्रेमी मनिष न्यौपानेसंग इन्गेजमेन्ट गरेकी छिन् । यो इन्गेजमेन्टमा नेपाल, अमेरिकामा रहेका उनीहरुका आफन्तहरु अनलाइन मार्फत सहभागी रहेका थिए ।

मेरोफिल्म  सँग कुरा गर्दै दिनेश डिसीले भने –  “पण्डितसंग कुरा गरेर अस्ट्रेलियामा आबश्यक सामग्रीहरु किनिएको थियो । त्यस्तै इन्टरनेटको माध्यमबाट जुम एप मार्फत अनलाइनमा उपस्थीत भएर अन्य बेला झैँ बिशेष पहिरननै लगाएर भिडियो मार्फतनै रमाइलो गर्यौ । पण्डितले आधा घण्टामा सकिन्छ भने पनि पुजापाठको लागि २ घण्टा समय लागेको थियो । सबैले बिशेष खानेकुराहरु पनि आ-आफ्नै घरमा खाएका थिए” ।

दिनेश डिसीले धेरै इन्गेजमेन्ट, बिबाह समारोहहरुमा सामेल भए पनि यसमा भने नौलो अनुभूति भएको बताए । उनले भने – “सार्है रमाइलो र फरक अनुभूति भयो” । उनले यतिबेला धेरै लगन पर्ने हुँदा सामाजिक दुरी कायम गरेर र अनुशासित भएर यस्ता सांस्कृतिक कार्यहरुमा सहभागी हुँदा मनमा आनन्द छाउने बताएका छन् ।

सबै आफन्त, इष्ट मित्र र भगवानको आशीर्वाद लिंदै , वैशाख २२ गतेको लागि पुर्व निर्धारित विवाहको कार्यक्रम अहिले गर्न…

Gepostet von Dinesh DC am Sonntag, 3. Mai 2020

उक्त जोडीको बिबाह बैसाख २२ गते गर्ने भनिएको थियो तर लकडाउनको कारण असमर्थ भएको दिनेश डिसीले जानकारी दिएका छन् । शवाका ८९ वर्षीय हजुरबुबा नातिनीको बिबाह धुमधामका साथ गर्न चाहन्थे तर परिस्थितिले साथ दिएन । इन्गेजमेन्ट पछि अस्ट्रेलियामा कागजी बिबाहको लागि बाटो खुलेको छ । सन् २०२० भरि नै अस्ट्रेलियाले अन्तरराष्ट्रिय उडान नगर्ने भनेकोले उनीहरु समय अनुकुल भएपछि नेपाल आएर बिहे गर्नेछन् ।

(फोटोहरु : दिनेश डिसीको फेसबुक मार्फत)