सडकमा खाना खुवाउदै प्रमिला खनाल र टिम

‘हन्ड्रेडस ग्रुप’ ले प्रत्येक दिन सडकमा रहेका व्यक्तिहरुलाई खाना खुवाउदै आएको छ । समुहकै व्यक्ति तथा सहयोगी मनको सहायतामा खाना खुवाउने काम भैरहेको छ । विगत ३५ दिनबाट रासन जम्मा गरेर खानेकुरा बनाएर टिमका सदस्यले खाना वितरण गर्दै आएका छन् ।

कलाकार प्रमिला खनाल समेत रहेको टिमले मानिसको साथ साथै जनावरलाई समेत खानेकुरा खुवाउदै आएको छ । ‘सानो ठुलो सकेको सहयोग गर्दा कोही भोको हुदैन भने किन नगर्ने ?’ उनी भन्छिन्। धन भन्दा पनि मन भयो भने जसरी पनि पुर्याइने बताउने उनी आफैँ समेत सक्रिय रुपमा खाना बनाउने देखि वितरण गर्दै आएकी छन् ।

जात , धर्म र देश फरक हाेला , तर भाेक उस्तै हाे ।Lockdown:41तस्बिर खिच्ने : म अाफै✋

Gepostet von Pramila Khanal am Sonntag, 3. Mai 2020