लकडाउनमा विजय लामा र टिमको सहयोग
कलाकार तथा पाइलट विजय लामाले लकडाउनको समयमा सहयोग गरेका छन् । उनी र टिमको सक्रियतामा प्रत्येक दिन खाना बनाएर खुवाउन थालिएको छ । खाना खुवाउने स्थलमा आफैँ उपस्थित भएर उनले खाना वितरण गर्ने गरेका छन् । खाना बनाउनका लागी उनी आफैँ गएर खाद्द सामाग्री किन्ने गरेका छन् ।
प्रत्येक दिन नै खाना खुवाउने उनले हिजो भने अपाङ्ग (दृस्टीविहिन) हरुका लागि खाद्द सामाग्री समेत वितरण गरेको आफ्नो भ्लग मार्फत जनाएका छन् । उनले ब्राइट स्टार सोसाइटी मार्फत सहयोग गरेका हुन् । २२ दिनबाट लगातार यो काम गर्दै आएको सोसाइटीको सहयोगमा विजय लामा र उनका साथिहरु दिव्य र सुरेन्द्र मिलेर ३५ परिवारलाई राहत वितरण गरेका छन् ।
साथै आज बौद्धमा लामा र टिमले २००० जनालाई खाना खुवाएका छन् ।
प्रतिक्रिया