आटाको थैलीमा पैसा राखिएको हल्लाबारे आमिर खानको स्पष्टीकरण
भारतीय अभिनेता आमिर खान फरक किसिमका फिल्महरु गर्ने र अन्य कामहरु पनि आफ्नै भिन्न तरिकाले गर्ने अभिनेताका रुपमा चिनिन्छन् । हालै दैनिक गुजारा गर्न कठिनाइ भोगिरहेकाहरुको मद्धतको लागि आटाको बोरामा उनले पैसा हालेर बाँडेको भन्ने हल्ला चलेको थियो । तर उनले ट्वीटर मार्फत आफुले त्यसरी पैसा नहालेको भन्दै स्पष्टीकारण दिएका छन् । उनले लेखेका छन् – “आटाको थैलीमा पैसा हाल्ने मान्छे म होइन । या त यो झुठो खबर हो या त रबिन हुड चिनिन चाहँदैन” ।
सामाजिक संजालमा भाइरल भएको एक टिकटक भिडियोको अनुसार आमिरले एक-एक किलोग्रामको आटाको प्याकेट भएको ट्रक दिल्लीको एक एरियामा लागेका थिए र आबश्यक पर्नेले त्यहाँ आएर एक एक प्याकेट लैजान सक्ने खबर फैलाइएको थियो । एक किलो आटा धेरैनै थोरै हुने सोचेर केहि मान्छेहरुले त्यहाँ नजाने निर्णय गरे तर साँच्चिकै धेरैनै अभाबमा बाँचिरहेकाहरु भने त्यहाँ पुगेका थिए । तर घर पुगेर आटाको प्याकेट खोल्दा १५ हजार नगद भेटेपछि उनीहरु अचम्मित र धेरै खुसि भएका थिए ।
Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!
Stay safe.
Love.
a.— Aamir Khan (@aamir_khan) May 4, 2020
प्रतिक्रिया