ऋषि कपुरको अन्तिम फिल्म – ‘शर्माजी नमकीन’, बाँकी काम सकेर रिलिज गरिने

प्रसिद्ध भारतीय अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा अप्रिल ३० मा निधन भयो । २ वर्ष अघि क्यान्सर देखिएपछी उनले अमेरिका गएर उपचार गराएर अघिल्लो वर्ष भारत फर्किएका थिए । स्वास्थ्यमा सुधार आएपछि उनले दुई फिल्म साइन गरे – ‘शर्माजी नमकिन’ र ‘इन्टर्न’ । त्यसमध्ये ‘इन्टर्न’ को शुटिंगनै शुरु भएको थिएन भने ‘शर्माजी नमकीन’ अघिल्लो वर्ष डिसेम्बरमा फ्लोरमा गएको थियो । ‘शर्माजी नमकीन’ नै ऋषि कपुरको अन्तिम फिल्म साबित भएको छ ।

‘शर्माजी नमकीन’ मा उनि मुख्य भूमिकामा छन् र फिल्ममा जुही चावला पनि छिन् । उनले आफ्नो धेरै जसो शुटिंग सकिसकेका थिए भने केहि शुटिंग बाँकी नै रहेको थियो । फिल्मका निर्माताहरु रितेश सिधवानी र फरहान अख्तरले फिल्मलाई जसरि भए पनि रिलिज गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनिहरु फिल्मको बाँकी शुटिंग कसरि गर्ने भन्ने तर्फ सोचिरहेका छन् । फिल्मका निर्देशक हितेश भाटिया हुन् र यो उनको पहिलो फिल्म हो ।

शुटिंग शुरु हुनुअघि जुही चावलाले स्क्रिप्ट रिडिंग सेसनको फोटोहरु पोष्ट गरेकी थिईन् ।