इरफानले अस्विकार गरेका हलिउड फिल्महरु

सन् २००१ मा आसिफ कपाडीयाको फिल्म ‘द वारियर’ मा काम गरेपछि इरफानको लागि हलिउडबाट अफरहरु आउन थालेको थियो । त्यसपछि उनले ‘द नेमसेक’, ‘स्लमडग मिलियोनेयर’, ‘लाइफ अफ पाई’, ‘अ माइटी हार्ट’, ‘इन्फेर्नो’ जस्ता फिल्महरुमा काम गर्ने अवसर पाए । उनले केहि नाम चलेका हलिउड फिल्मकर्मीहरुले गरेको अफर भने विभिन्न कारणले अस्विकार पनि गरेका थिए ।

क्रिस्टोफर नोलानको ‘इन्टरस्टेलर’

चर्चित हलिउड निर्देशक क्रिस्टोफर नोलानले आफ्नो साइन्स फिक्सन फिल्म ‘इन्टरस्टेलर’ मा एउटा चरित्र निभाउनको लागि इरफानलाई अफर गरेका थिए । इरफानले यस फिल्मको लागि ४ महिना अमेरिकामा बिताउनु पर्ने हुन्थ्यो । तर इरफानले त्यो समय पहिलेनै ‘द लन्चबक्स’ र ‘डि-डे’ को छुट्टाएका थिए । जसका कारण उनले नोलानको अफर स्वीकार गर्न सकेनन् । एक अन्तर्वार्ताको क्रममा इरफानले नोलान जस्ता निर्देशकको फिल्म छोड्ने निर्णय गर्न आफ्नो लागि अत्यन्त गार्हो भएको बताएका थिए ।

स्टेभेन स्पिलवर्गसंगको फिल्म


प्रसिद्ध निर्देशक स्टेभेन स्पिलवर्गको आगामी फिल्मको लागि पनि इरफानलाई अफर गरिएको थियो । फिल्ममा स्कारलेट जोहनसन पनि थिईन् । आफुलाई भनिएको भूमिकामा स्कोप नदेखको भनेर इरफानले उक्त भूमिका नगर्ने निर्णय गरेका थिए । उनले स्कारलेट जोहनसनसँग काम गर्ने अफर आएकोमा भने खुशी भएको बताएका थिए ।

लियोनार्दोसंग काम गर्ने अवसर


करिब एक दशक अघि इरफानले हलिउड स्टार लियोनार्दो डिकप्रियोसंग काम गर्ने मौका पनि अस्विकार गरेका थिए । रिडली स्कटको निर्देशनमा बन्न लागेको फिल्म ‘बडी अफ लाइज’ मा इरफानलाई एउटा भूमिका अफर गरिएको थियो । फिल्ममा लियोनार्दो र अर्का चर्चित हलिउड अभिनेता रसेल क्रोउ पनि थिए । शेड्युलको समस्याको कारण इरफानले उक्त भूमिका अस्विकार गरे र त्यो भूमिका पछि मार्क स्ट्रंगले निभाए ।

रिडली स्कटको ‘द मार्सियन’


रिडली स्कटकै अर्को फिल्म ‘द मार्सियन’ को लागि पनि इरफानलाई अफर गरिएको थियो । तर इरफानले आफ्नो समय सुजित सरकारको फिल्म ‘पिकु’ लाई दिईसकेका कारण उनले उक्त फिल्म गर्न सकेनन् । ‘द मार्सियन’ मा म्याट ड्यामन मुख्य भूमिकामा थिए भने इरफानलाई पनि महत्वपुर्ण भूमिकाकै लागि अफर गरिएको थियो ।

कोलोन संक्रमण पछि हस्पिटल भर्ना भएका इरफानको गएको अप्रिल २९ मा निधन भएको थियो । उनि दुई वर्ष अगाडी देखि न्युरो इन्डोक्राइन ट्युमरबाट ग्रसित थिए ।

(स्रोत: टाइम्स अफ इन्डिया)