इन्दिरा जोशीको नेपाली भाव बोकेको गीत ‘अनिकाल’

लकडाउनको समयमा गायीका इन्दिरा जोशीले नयाँ गीत सिर्जना गरेकी छिन् । उनका अनुसार ‘अनिकाल’ बोलको यस गीतमा कृतिम अवाजहरुको अत्यन्त कम प्रयोग गरिएको छ । गीतमा सारङ्गी, ढिकी, जाँतो र कुचोको अवाजको प्रयोग गरिएको छ ।

इन्दिराकोआवाज तथा निर्माण रहेको गीतमा संगीत संयोजन मन्जिल केसीले गरेका छन् । गीतमा महेश ज्ञावालीको शब्द संगीत रहेको छ । गीतको मेलोडी, शब्द र आवाजले नेपाली गाउले जीवनको प्रत्याभुति दिलाउछ । ‘मास छर्न’ जस्ता आलंकारिक शब्द गीतमा प्रयोग गरिएको छ।