छोरा बाबिलले पोष्ट गरे इरफानको पुरानो भिडियो
भारतीय अभिनेता इरफान खानको निधन भएको चार दिन भएको छ । उनका प्रसंशकहरु र परिवारका सदस्यहरु अझै पनि दुखमै छन् । हालै उनका जेठा छोरा बाबिलले इन्स्टाग्राममा उनको एक पुरानो भिडियो पोष्ट गरेका छन् ।
भिडियोमा इरफान पानि पुरी खादै छन् । बाबिलले क्याप्सनमा लेखेका छन् – ‘जब तपाइँ लामो समयको लागि डाइटमा हुनुहुन्छ अनि शुटिंग सकिन्छ तब तपाई पानि पुरी खान सक्नुहुन्छ’ ।
भिडियो हेरेर धेरै प्रसंशकहरु भाबुक भएका छन् ।
कोलोन संक्रमण पछि हस्पिटल भर्ना भएका इरफानको गएको अप्रिल २९ मा निधन भएको थियो । उनि दुई वर्ष अगाडी देखि न्युरो इन्डोक्राइन ट्युमरबाट ग्रसित थिए ।
प्रतिक्रिया