गायिका बिष्णु माझीकी आमाको निधन

चर्चित लोकदोहोरी गायिका बिष्णु माझीकी आमा धर्म कुमारी माझिको निधन भएको छ । स्याङ्जाको चापाकोटस्थित घरमा शुक्रबार दिउसो १:३० बजे ५८ बर्षको उमेरमा उनको निधन भएको हो ।

मृगौला रोगबाट पिडित धर्मकुमारीका श्रीमान, एक छोरा र दुई छोरी रहेका छन् ।