जावेद अख्तरले सम्झिए ऋषिसँगको ४७ बर्ष देखिको मित्रता

भारतीय अभिनेता ऋषि कपूरको निधनमा प्रसिद्ध लेखक तथा गीतकार जावेद अख्तरले समवेदना प्रकट गरेका छन् । जावेदले आफ्नो ट्वीटमा ऋषिलाई एक प्यारो साथि बताउदै पहिलो भेटको वर्णन गरेका छन् ।

उनी लेख्छन्, “आज मैले मेरो प्यारो साथि ऋषि कपूरलाई गुमाएको छु । हाम्रो पहिलो भेट बेंगलोरमा सन् १९७३ मा भएको थियो । उनी ‘बबी’ को च्यारिटी शोमा आएका थिए भने म ‘शोले’ को छायांकनको लागि त्यहाँ थिए । हामी साँझमा भेटघाट गर्दै ४७ वर्षको मित्रताको शुरुवात स्वरूप केही घण्टा गफियौं । अल बिदा प्यारो साथी ।