खानाका सौखिन थिए ऋषि कपुर
क्यान्सरका कारण भारतीय अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन भएको छ । उनलाई खानेकुरा र शास्त्रीय संगीतमा औधि रुची थियो । यहि सौखका कारण उनकी पत्नी नितु नयाँ नयाँ परिकार तयार गर्ने गर्थिन् । यस विषयमा उनले आफ्नो किताव ‘खुल्लम खुल्ला’ मा समेत उधृत गरेका छन् ।
पंजावी परिवारका ऋषिलाई ननभेज र इटालियन खाना धेरै मन पर्थ्यो । यसको लागि उनी भिन्न भिन्न रेस्टुरेन्टमा पुग्ने गर्थे । एक कार्यक्रममा नितुले आफुलाई खाना बनाउन कुनै रहर नभए पनि आफ्नो पतिको लागि विभिन्न परिकार तयार गर्ने गरेको बताएकी थिइन् । उनका अनुसार एक महिनामा कुनै परिकार दोहोरिएर पाक्यो भने ऋषि रिसाउने गर्थे । त्यसैले पनि उनी सदैव नयाँ परिकार बनाउने गर्थिन् ।
सामाजिक संजाल नियाल्दा समेत ऋषिको खाना प्रतिको मोह देख्न सकिन्छ ।
प्रतिक्रिया