ऋषि कपुरको अधुरो इच्छा

भारतीय अभिनेता ऋषि कपुरको आज निधन भएको छ । उनको निधन संगै उनको एउटा सपना पनि खरानी भएको छ । उनलाई आफ्ना छोरा रणवीर कपुरको विवाह हेर्ने ठुलो रहर थियो । छोराको विवाह गरेर नातिनातिनी हेर्ने उनको रहर भने अधुरै रह्यो । 

उनलाई धेरै अन्तर्वार्तामा रणवीर र आलियाको सम्बन्धको बारे प्रस्न सोधिन्थ्यो । सोही क्रममा जवाफ दिदै उनले “जैले हुन्छ, सबैलाई थाहा हुन्छ, र भव्य रुपमा हुन्छ” भन्ने गर्थे । ऋषि आफुले भने २७ वर्षकै उमेरमानै विवाह गरेका थिए ।

रणवीर बयस्क भैसकेको कारण विवाहको निर्णय आफैले लिन सक्ने बताउदै, उनको निर्णयमा बाबुको हैसियतले आफ्नो सदैव समर्थन रहने ऋषिले भन्ने गरेका थिए । छोराको खुसि नै आफ्नो खुसी हुने ऋषिको विचार थियो । तर भब्य रुपमा छोराको विवाह गर्ने उनको रह अधुरै रह्यो ।