‘सलाम बम्बे’ देखि ‘द नेमसेक’ सम्म

भारतीय अभिनेता इरफान खानले सन् १९९८ को फिल्म ‘सलाम बम्बे’ मार्फत बलिउडमा डेब्यु गरेका थिए । फिल्मलाई मिरा नायरले निर्देशन गरेकी थिईन् । यो फिल्म ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’ विधामा ओस्कारमा मनोनित पनि भएको थियो ।

मिराले इरफानले कलेजको एक वर्कशपमा देखेकी थिईन् । त्यसपछि मिराले इरफानलाई मुम्बईमा वर्कशपमा सहभागी हुने मौका दिईन् । इरफान अत्यन्तै खुशी थिए । उनि त्यतिबेला मात्र २० वर्षका थिए । फिल्मको कथा मुम्बईका सडकमा बस्ने केटाकेटिहरुको कथामा आधारित थियो त्यसैले उनलाई साञ्चिकै त्यस्तै केटाकेटीहरु संग वर्कशपमा सामेल गराइएको थियो । फिल्ममा उनले त्यस्तै सडकमा बस्ने सलिमको भूमिका निभाउदै थिए । तर छायांकन शुरु हुनु भन्दा दुई दिन अघि मिराले इरफानको रोल काटीदिइन् । त्यसको सट्टा उनलाई एउटा चिठ्ठी लेख्ने मान्छेको छोटो रोल दिईयो । रोल काटिएपछि इरफान रात भर रोएका थिए ।

मिराले उनलाई भबिष्यमा आफ्नो फिल्ममा मुख्य भूमिकामा काम दिने वाचा गरेकी थिईन् । तर त्यो फिल्मको लागि उनले १८ वर्ष कुर्नु पर्यो । झुम्पा लाहिरीको उपन्यासमा आधारित सन् २००६ को फिल्म ‘द नेमसेक’ मा इरफानले अभिनय गर्ने मौका पाए । फिल्ममा उनको कामको खुब तारिफ पनि भयो ।