अमेरिकी सिरिज ‘इन ट्रीटमेन्ट’ मा इरफानलाई सम्बाद याद गर्न कठिन
इरफान खानले सन् २००८ र २०१० को बीच प्रसारण भएको अमेरिकी टिभी सिरिज ‘इन ट्रीटमेन्ट’ मा काम गरेका थिए । उनले सिरिजको तेस्रो सिजनमा उनले सुनिल नाम एक बंगाली चरित्र निभाएका थिए । सिरिजमा सुनिल आफ्नो श्रीमती गुमाए ब्रुकलिनमा छोरा बुहारि संग बस्न आएको हुन्छ र मनोबैज्ञानिक परामर्श लिईराखेको हुन्छ ।
इरफानले यस सिरिजको छायांकनको बेला हरेक दृश्य भन्दा पहिला धेरै पृष्ठको सम्बादहरु याद गर्नु पर्दथ्यो । करिब १४- २० मिनेटको टेक हुन्थ्यो र चरित्रको मनोबैज्ञानिक पक्षमा पनि त्यतिकै धेरै काम गर्नुपर्ने हुन्थ्यो जसका कारण इरफानलाई धेरै गार्हो भएको थियो ।
उनले निराश भएर न्यु योर्कमा रहेका नसीरुद्दीन शाहलाई फोन पनि गरेका थिए तर नसीरुद्दीनले “सबै सम्बादहरु याद गर्नुनै सफलताको सबैभन्दा सजिलो सुत्र हो” भनेका थिए ।
प्रतिक्रिया