नतालि पोर्टम्यान र एन्जेलिना जोलीद्वारा इरफानको निधनप्रति समबेदना

हलिउड अभिनेत्रीहरु नतालि पोर्टम्यान र एन्जेलिना जोलीले भारतीय अभिनेता इरफान खानको निधनप्रति समबेदना ब्यक्त गरेका छन् । ५३ वर्षको उमेरमा बुधबार इरफानको निधन भएको थियो ।

नतालि पोर्टम्यानले इन्स्टाग्राममा इरफान संगको फोटो शेयर लेखेकी छिन् – “इरफान खानलाई माया गर्नेहरुलाई माया पठाउदै” । फरक फरक निर्देशकका छोटा छोटा प्रेमकथाहरु समेटिएको सन् २००८ को फिल्म ‘न्यु योर्क, आइ लभ यु’ को मिरा नायर निर्देशित अंशमा नताली र इरफानले स्क्रिन शेयर गरेका थिए ।

त्यस्तै अभिनेत्री एन्जेलिना जोलीले पनि समबेदना ब्यक्त गर्दै इरफान संग ‘अ माइटी हार्ट’ मा काम गर्दाको समय याद गरेकी छिन् । उनले इरफानको परिवार, साथीहरु र भारत तथा संसारभर रहेका उनका प्रसंशकहरुमा समबेदना ब्यक्त गरेकी छिन् । सन् २००७ मा एन्जेलिना र इरफानले ‘अ माइटी हार्ट’ मा काम गरेका थिए ।