श्रीमतीको लागि धर्म परिवर्तन गर्न तयार थिए इरफान

सुतापा सिकदर र २ छोरालाई छोडेर भारतीय कलाकार इरफान खानले मृत्युवरण गरेका छन् । इरफानले आफ्नो सफलताको सम्पुर्ण श्रेय आफ्नी श्रीमतीलाई दिने गर्दथे । यति सम्म कि उनी प्रेमको लागि आफ्नो धर्म परिवर्तन गरी हिन्दु बन्न समेत तयार थिए ।

सुतापासंग इरफानको भेट नेसनल स्कुल अफ ड्रामाको अध्ययनको क्रममा भएको थियो । जुन समय विवाह अघि एक साथ बस्ने विषय भारतीयले सोच्न सम्म सक्दैन थिए, उक्त समय सुतापा भने विवाह अघि नै गर्भवती भइन् । सुतापाको सुविधालाई ध्यानमा राख्दै २ कोठामा सर्न खोज्दा उनीहरुले कहिँ पनि कोठा पाएनन् । यसको कारण यहि थियो कि यी दुईले विवाह गरेका थिएनन् ।

यहि समस्याका कारण उनीहरुले विवाहको योजना बनाए र सन् १९९६ मा विवाह गरे । उनीहरुका हाल २ छोराहरु छन् । इरफानले सुतापाको परिवारले सम्बन्ध स्वीकार्न नमानेमा हिन्दु धर्ममा आउने बाचा गरेका थिए । तर खुसीको कुरा उनले धर्म परिवर्तन गर्न परेन । उनकी श्रीमतीका अनुसार फिल्ममा सिरियस देखिने इरफान रियल जिन्दगीमा रमाइलो मानिस थिए । साथै उनी एक असल र जिम्मेवार पिता समेत थिए ।