बलिउड अभिनेता इरफान खान आइसीयु मा भर्ना
स्वास्थ्य अवस्था बिग्रिए पछि बलिउड अभिनेता इरफान खानलाई आइसीयुमा भर्ना गरिएको छ । कोलोन संक्रमणको कारण उनलाई मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी हस्पिटलमा भर्ना गरिएको बताइएको छ तर बिस्तृत जानकारी भने प्राप्त भइसकेको छैन ।
सन् २०१८ मा न्यूरो इंडोक्राइन ट्यूमर देखिए पछि उनि उपचारको लागि लन्डन गएका थिए । उपचार पश्चात सन् २०१९, अप्रिलमा उनि भारत फर्किएका थिए । भारत आइसकेपछि उनले नियमित रुपमा कोकिलाबेन धीरूभाई अम्बानी हस्पिटलमै चेक जाँच गर्ने गरेका थिए ।
केहि दिन अघि उनकी आमाको निधन भएको थियो र लकडाउनको कारण उनि अन्तिम संस्कारमा सहभागी हुन सकेका थिएनन् । भिडियो कल मार्फत उनले आमालाई अन्तिम श्रादांजलि दिएका थिए ।
इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बॉक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मीडियम’ जस्ता सफल फिल्महरुमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका छन् भने भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पनि प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया