“क्यान्सरको उपचारको समय र लकडाउन उस्तै उस्तै” – सोनाली बेंद्रे

भारतीय अभिनेत्री सोनाली बेंद्रेका अनुसार क्यान्सरको कारणले उनलाई कोरोना भाइरसको जोखिम बढी छ । तर उनको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको छ । ४५ वर्षीय सोनालीले एक अन्तर्वार्तामा आफुले स्वस्थ रहनको लागि स्वस्थकर फलफुल र तरकारीहरु खाने गरेको बताएकी छिन् । साथै अन्तर्वार्ताको क्रममा उनले आफ्नो लकडाउन अनुभवबारे पनि बोलेकी छिन् ।

उनको लागि लकडाउन खासै ठुलो बदलाव होइन । यो समयलाई उनले क्यान्सरको उपचारको दौरानको समय संग तुलना गरेकी छिन् । उनि भन्छिन् – “म अहिले ठिक छु तर भन्न चाहन्छुकि पछिल्लो दुई वर्ष मेरोलागि कुनै क्वारेन्टाइन भन्दा कम थिएन, त्यसैले अहिलेको अवस्था मेरो लागि कुनै ठुलो परिवर्तन होइन” ।

उनले अगाडी भनिन् – “मेरो क्यान्सरको उपचार चलिरहँदा धेरैजना मलाई भेट्न आउने गर्नुहुन्थ्यो । म उहाँहरुलाई याद गरिरहन्छु । त्यो भन्दा पनि बढी म आफ्नो आमा-बुबा लाई याद गरिरहेकी छु” ।

सोनाली बेंद्रेलाई सन् २०१८ मा उनमा क्यान्सर पत्ता लागेको थियो र उपचारको लागि उनि न्युयोर्क गएकी थिईन् । ६ महिना पछि निको भएर उनि भारत फर्किएकी थिईन् । भारत फर्के पछी रोगको बिषयमा बोल्दै उनले भनेकी थिईन् – “यो रोग शुरुवातमै थाहा भयो भने राम्रो । यो रोग डरलाग्दो त छदैछ यसको उपचार अझ धेरै डरलाग्दो हुन्छ । रोग छिट्टै पत्ता लाग्यो भने उपचारमा खर्च पनि काम हुन्छ र पिडा पनि काम हुन्छ । सूचना, जागरुकता र तुरुन्त एक्सन, आबश्यकता मलाई उपचारको दौरान यी तीन चिजको आबश्यकता परेको थियो । सबैले यसलाई पालना गर्नुपर्छ” ।